बर्दिया — ठाकुरबाबा नगरपालिकास्थित भुरीगाउँमा राष्ट्रिय खो खो लिग प्रतियोगिता हुने भएको छ ।
नेपाल खो खो संघ, व्यवस्थापक लुम्बिनी प्रदेश खो खो संघ र मुख्य प्रवर्धक संघको आयोजनामा चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा ६ टिम सहभागी हुने भएका छन् । शनिबार गुलरियामा आयोजित पत्रकार सम्मेलनमा खो खो संघका केन्द्रीय उपाध्यक्ष छत्रबहादुर शाहीले उक्त जानकारी गराएका हुन् ।
खेलका लागि अहिलेसम्म तीस प्रतिशतका टिमको दर्ता भएको बताए । फागुन २८ गतेसम्म खो खो खेलका लागि दर्ता गर्ने अन्तिम मिति हो । एक टिममा एक प्रशिक्षक र एक व्यवस्थापक रहने छन् । एक टिममा १ अन्तर्राष्ट्रिय,२ राष्ट्रिय,३ प्रदेश र ६ जिल्ला स्तरबाट खेलमा पुरुष सहभागी हुने छन् । महिलातर्फ प्रदर्शन खेल हुने छ ।
नेपालमा पहिलो खोखो खेल हुने कबर्ड हल ठाकुरद्वारामा निर्माण भएको छ ।
