पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-३ सेखुवनमा आगलागी हुँदा ५ वटा कच्ची घर जलेर नष्ट भएका छन् । त्यस्तै आगलागीमा परी ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुस्ताले जनाएको छ ।
इन्द्रिस अलीको घरमा रहेको बिजुली सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट कसम अली, नुर अहमद अली, शेख आलम मियाँ र अफ्ताब अलीको घर जलेर नष्ट भएको हो । सबै दाजुभाइको घर एकै ठाउँमा जोडिएको र कच्ची भएको कारण क्षति बढी भएको वडाध्यक्ष हरिलाल दुसादले बताए ।
आगो निभाउने क्रममा सतारुल नेसा, निजामोदिन मियाँ, तैमुरदिन मियाँ घाइते भएका छ्न् । घाइतेहरूको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ । स्थानीय, प्रहरी र बर्दघाट रामग्राम नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।
