सवारी दुर्घटनामा एक जनाको मृत्यु

फाल्गुन २२, २०८१

सन्जु पौडेल

One person died in a car accident

तिलोत्तमा — रुपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रुरु गाउँपालिका-३ घर भई हाल बुटवल बस्दै आएका १९ वर्षका रोशन परियार रहेका छन् ।

बिहीबार बिहान मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा पढ्न आउँदै गर्दा उनी सवार लु५६प १९६१ नम्बरको मोटरसाइकल मुख्य हाइवेको पश्चिम लेनबाट पूर्वतर्फ बाटो काट्दै गरेको बा२०च १७५४ नम्बरको कारसँग नयाँमिलस्थित जनसेवा क्लब अगाडि ठक्कर खाएको थियो ।

घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए । उनले कार र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully