महो घोलमा सुरु भयो पुल निर्माण

फाल्गुन २०, २०८१

नवीन पौडेल

Bridge construction started in Maho Ghol

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र रूपन्देहीको रोहिणी गाउँपालिका जोड्ने महो घोलमा पुल निर्माणको काम सुरु भएको छ ।

रामग्राम नगरपालिका-१८ र रूपन्देहीको रोहिणी गाउँपालिका-४ बिरही जोड्ने घोलमा लुम्बिनी प्रदेश सरकारको ६ करोड ७८ लाखको लागतमा पुल निर्माण सुरु भएको हो ।

पुल नहुँदा यस क्षेत्रका बासिन्दाले हुलाकी सडक हुँदै भैरहवासम्म जान घुमाउरो सडकको यात्रा वा वर्षामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । एमएस विन्ध्याञ्चल शिव इन्जिनियरिङ जेभीले २०८३ असोज मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का निर्माण सुरु गरेको पूर्वाधार विकास कार्यालय नवलपरासीका प्रमुख हितेन्द्र रायमाझीले बताए ।

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले नयाँ पुल बनेपछि स्थानीयलाई आवतजावत सहज हुने भएकाले समयमै काम सम्पन्न गर्नेतर्फ ठेकेदार र प्रदेश सरकार लागिपर्नुपर्ने बताए ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully