तिलोत्तमा — रुपन्देहीको सैनामैनामा सुरु सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मुर्गिया फुटबल क्लब विजयी भएको छ ।
गोर्खा ब्वाइज क्लब रुपन्देहीलाई १–० गोल अन्तरले हराउँदै मुर्गिया एफसीले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोलरहित बनेको खेलमा दोस्रो हाफको १९ औं मिनेटमा मुर्गियाका रोशन पहाडीले गोल गरे । उनी नै खेलको म्यान अफ द म्याद घोषित भए ।
मंगलबारको खेलमा नेपाल पुलिस र फर्साटिकर युथ क्लबबिच खेल हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो स्थान हासिल गर्ने टिमले ४ लाख पुरस्कार पाउनेछ ।
