पाल्पा — रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरी छचुवाका आगलागी प्रभावित ६ परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि उनीहरु कष्टकर दैनिकी गुजारिरहेका थिए । ती परिवारलाई तत्कालका लागि एकएक बोरा चामल, नुन, तेल, दाल तरकारी तथा आवश्यक त्रिपाल लगायत वितरण गरिएको रैनादेवी छहरा गाउँपालिकाले जनाको छ ।
छचुवा कुमाल बस्तीका धनबहादुर, पदमबहादुर, द्वन्द्वबहादुर, हुमबहादुर, गोपाल र रीता कुमालको घरगोठ जलेर नष्ट भएको थियो । आगलागी हुँदा घरभित्रका अन्नपात, लुगाफाटा, केही नगदसहितका महत्वपूर्ण कागजात जलेर नष्ट भएको वडाध्यक्ष प्रदीप पौडेलले जानकारी दिए ।
आगलागीपीडित कुमाल परिवारलाई गाउँपालिकाले तत्कालका लागि राहत वितरण गरेको अध्यक्ष रुक्मांगत भट्टराईले बताए ।
