बर्दियाबाट ब्राउन सुगरसहित २ जना पक्राउ

फाल्गुन १९, २०८१

कमल पन्थी

2 arrested with brown sugar from Bardia

बर्दिया — बढैयाताल गाउँपालिका–७ मा प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । भारतको सीमावर्ती बजार बलैगाउँबाट ५ ग्राम ७ सय ९० मिलीग्राम उक्त पदार्थसहित बर्दिया प्रवेश गरेका थिए ।

ब्राउन सुगर जस्तो देखिने खैरो रंगको उक्त पदार्थसहित सुर्खेत वीरेन्द्रनगर पालिका–२ ठउरीका २४ वर्षीय रामबहादुर नेपाली र सोही ठाउँका २१ को रामचन्द्र थापालाई शंका लागि चेक गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्तीमगरले बताए । 

मोटरसाइकलमा आएका उनीहरूले हेल्मेट भित्र लुकाई प्लास्टिकको पोकामा राखेर ब्राउन सुगर ल्याएको डीएसपी घर्ती मगरले बताए । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।  

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully