३३ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्विरोध निर्वाचित
देउखुरी — प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाकर पन्थी पुन: निर्विरोध निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार देउखुरीमा भएको दोस्रो अधिवेशनले पन्थीको अध्यक्षतामा ३३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो।
उपाध्यक्षमा दशरथ घिमिरे, महासचिवमा हरि अधिकारी, सचिवमा कृष्ण पोखरेल, बेणीमाधव बस्याल, माधव कँडेल, जनक चौधरी, दीपक न्यौपाने, नीता चौधरी र कोषाध्यक्षमा विनोद भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।
सदस्यहरूमा नवराज शर्मा, वासुदेव न्यौपाने, शान्ता खनाल, रामबहादुर गन्धर्व, अजय बर्मा, यमकुमारी सुवेदी, नवराज ज्ञवाली, मनिस पन्थ, अजम्द खलि सिद्दिकी, जयपति ढकाल, ज्ञानेन्द्र पोखरेल, लोकप्रसाद छन्त्याल, स्नेहा केसी, अराज बेलबासे, कमल विष्ट, माधव बेलबासे, गीताराम विष्ट, कुशल बस्याल, मरोज सल्मानी, ओरीराम चौरासिया, प्रमोद अर्याल, कृष्णराज पाण्डे, मित्र थापा, मोहन पौडेल, रवीन्द्र गुप्ता, सुमित्रा बराल र शशी पन्थी रहेका छन् ।
