बर्दिया — प्रहरीले बाँसगढी नगरपालिका–५ स्थित रहेको मुनलाइट होटलको कोठामा हार जित हुने गरी जुवा खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटना स्थलबाट नगद १ लाख ८४ हजार बरामद गरेको प्रहरीले जनाएको छ । जुवाखालबाट सात थान मोबाइल र तासको गड्डी तीन थान फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी ऋषीराम घर्तीमगरका अनुसार पक्राउ पर्नेमा सोही पालिका–५ का शिवबहादुर सुनार, लक्ष्मी प्रसाद पौडेल, दयाराम लम्साल, शिव बहादुर सुनार, जीवन पौडेल, दिपक सुनार र बढैयाताल गाउँपालिका–६ रानिपुरका विष्णुराज पौडेल छन् ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।
