दाङ — तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा ४ प ४४१० नम्बरको मोटरसाइकल बुधबार बेलुका तुलसीपुर उपमहानगरपालिका-८, चमीखोला नजिकै आफैँ अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकलमा सवार तुलसीपुर-२ का ३५ वर्षीय कविराम चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा बिहीबार बिहान नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।
मोटरसाइकल चालक तुलसीपुर-८ का ४८ वर्षीय लक्ष्मी प्रसाद चौधरी घाइते छन् । उनको उपचार भइरहेको रानाले बताए ।
