दाङमा गोरुले हानेर एक जनाको मृत्यु

फाल्गुन १४, २०८१

दुर्गालाल केसी

One person died after being gored by a bull in Dang

दाङ — तुलसीपुरमा गोरुले हान्दा बुधबार एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१७, जमेराका ७१ वर्षीय गहचा चौधरीको पानी खुवाउने क्रममा गोरुले हान्दा मृत्यु भएको हो ।

गोरुले हानेर मंगलबार बेलुका घाइते भएका चौधरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि राति घर फर्केका थिए । बुधबार बिहान उनको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully