मोटरसाइकलले साइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

फाल्गुन १४, २०८१

सन्जु पौडेल

1 person died when a motorcycle hit a bicycle

तिलोत्तमा — रूपन्देहीमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका-६ बेथरीस्थित बेथरी बुटवल सडक खण्डमा कुट्टादेखि बेथरीतर्फ आउँदै गरेको लु ४० प ६३१३ नं मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालक चौथी बेल्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

ठक्कर बाट गम्भीर घाइते भएका बेल्दारलाई उपचारका लागि भैरहवास्थित भिम अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको कार्कीले बताए ।

मोटरसाइकल चालक रोहिणी गाउँपालिका-४ सेमरहवा बस्ने २१ वर्षीय हेमन्तप्रसाद चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully