ब्राउन सुगर र चरेससहित ३ जना पक्राउ 

फाल्गुन १३, २०८१

रुपा गहतराज

3 arrested with brown sugar and hashish

नेपालगन्ज — बाँके प्रहरीले भारतीय नागरिकसहित तीन जनालाई ठूलो मात्रामा ब्राउनसुगर र चरेससहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार भारतीय नागरिकबाट ७ सय २२ ग्राम ६३ मिलिग्राम ब्राउनसुगर र दुई जना नेपालीका साथबाट ४ किलो २ सय २० ग्राम चरेस बरामद भएको हो ।

भारत बहराइच काजीपुरुवाका २१ वर्षीय अल्वक्स खाँ ब्राउन सुगर बोकेर नेपालतर्फ आइरहेको अवस्थामा प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-१५, इँटाभट्टाबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो । 

त्यस्तै, नेपालगन्ज-४, बसपार्कस्थित सु.प.प्र. ०१–०११ प १८५५ नम्बरको स्कुटरमा रहेका कालिकोट खाडाचक्र नगरपालिका-१० का ३५ वर्षीय विक्रम शाही र भक्तबहादुर शाहीको साथबाट चरेस बरामद भएको छ ।

विक्रमले चलाएको स्कुटरमा पछाडि बसेका भक्तबहादुरले बोकेको झोलामा चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully