फर्निचर उद्योगमा लुकाइराखेको सालको गोलिया र चिरान काठ बरामद 

फाल्गुन १२, २०८१

माधव अर्याल

Sal pellets and Chiran wood hidden in the furniture industry were recovered

पाल्पा — पाल्पाको रामपुर नगरपालिका–६, तालपोखरा क्षेत्रमा सञ्चालित रामपुर फर्निचर उद्योगमा अवैध रूपमा लुकाएर राखिएको सालको काठ बरामद गरिएको छ । फर्निचर उद्योगमा सब–डिभिजन वन कार्यालय रामपुर र  इलाका प्रहरी कार्यालय रामपुरको संयुक्त टोलीले छापा मारेर चिरानसहित गोलिया काठ बरामद गरेको हो । 

बिनाइजाजत वन पैदावार ओसारपसार गरी संकलन गरी राखेको साल जातका ७० थान गोलिया र चिरान गरेर राखेको १८ थान बरामद भएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ ।

बरामद सालका काठ रामपुरस्थित सब-डिभिजन वन कार्यालय रामपुरमा बुझाइएको प्रहरीले जनाएको छ । लुकाइराखेको अवस्थामा ‘सी’ ग्रेडको सालको ३७ गोलिया काठ १ सय २८.०८ क्यूफिट रहेको डिभिजन वन कार्यालयले जनाएको छ । 

Sal pellets and Chiran wood hidden in the furniture industry were recovered‘बी’ ग्रेडको ३३ गोलिया ५४.७० क्यूफिट रहेको छ । रामपुर क्षेत्रमा निजी तथा सामुदायिक वनबाट फर्निचर तथा सःमिलतर्फ ओसारपसार गर्ने गोप्य सूचनाका आधारमा वन कर्मचारी र प्रहरीले छापा मार्दा उक्त काठ बरामद भएको हो । बरामद भएको काठको १ लाख १० हजार ६ सय ९५ रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully