तिलोत्तमा — रुपन्देहीको सियारी गाउँपालिका-२ मा एक महिला मृत फेला परेकी छन् ।
बुटवल-बेथरी सडकखण्ड छेवैमा बायाँपट्टि अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।
बिहीबार बिहान साढे ११ बजे जानकारी आउनासाथ घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको उनले बताए । उनका अनुसार महिलाको टाउकोमा चाेट रहेको छ ।
