दाङमा बस दुर्घटना : १५ जना घाइते

फाल्गुन ७, २०८१

दुर्गालाल केसी

Bus accident in Dang: 15 injured

दाङ — दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश०००१ ख ०७०१ नम्बरको रात्री बस मंगलबार राति बबई गाउँपालिका-२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो ।

घाइतेको उद्धार गरी राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । गाडीमा ६०भन्दा बढी यात्रु रहेको र गाडी अनियन्त्रित भएर पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully