हराइरहेका पुरुष जंगलमा मृत भेटिए

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Missing man found dead in forest

दाङ — एक सातादेखि हराइरहेका लमही नगरपालिका-५ रातोडाँडाका ४१ वर्षीय योगेन्द्रबहादुर खत्री मृत भेटिएका छन् ।

उनको शव सोमबार अपराह्न लमही नगरपालिका-५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

खत्री गत मंगलबारदेखि सम्पर्कविहीन थिए । खोजतलासका क्रममा सामुदायिक वनभित्र खोल्सामा शव भेटिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully