दाङ — प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई विशेष सम्वोधन गर्दैछन् । बिहान साढे ११ बजे बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्वोधन गर्ने गरी बैठकको कार्यसूची तयार गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्वोधनका लागि निमन्त्रणा गरेका थिए ।
यसअघि २०७५ बैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्वोधन गरेका थिए । प्रदेश सभा बैठकलाई विशेष सम्बोधनपछि ओलीले घोराहीमा आयोजना हुने एमालेको सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले बताए ।
त्यसपछि ओलीले तुलसीपुरमा टरिगाउँ विमानस्थल अवलोकन र राष्ट्रिय सभाकी पूर्व सदस्य कोमल ओलीको कोमल रिसोर्ट उद्घाटन गर्ने कार्यक्रम रहेका छन् ।
