चितुवाको आक्रमणबाट साढे दुई वर्षीय बालकको मृत्यु

फाल्गुन ४, २०८१

कमल पन्थी

A two-and-a-half-year-old boy died after being attacked by a leopard

बर्दिया — मधुवन नगरपालिका–९ भाटचोकमा शनिबार राति चितुवाको आक्रमणमा परी साढे दुई वर्षीय बालकको मृत्यु भएको छ ।

घरको आँगनमा खेलिरहेका बालक बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई गुहार मागेका थिए । खोजतलासको क्रममा राति साढे नौ बजे बालकको शव भेटिएको थियो ।

प्रहरीका अनुसार नेपाल-भारत सिमास्थित कतरनियाघाट वन्यजन्तु आरक्षबाट आएको चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो । सानीआमा जमुना कँडेलको घरमा पाहुना आएकी राप्ती सोनारी गाउँपालिका-५ का रचना चलाउनेका छोरा रिहानको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए ।

बालकको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याइएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully