लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज बस्दै, यी हुन् सम्भावित कार्यसूची

फाल्गुन ४, २०८१

दुर्गालाल केसी

As the ninth meeting of the Lumbini Pradesh Assembly convenes today, this is the likely agenda

दाङ — लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज (आइतबार) बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण विषयहरूमा छलफल हुने कार्यसूची तय गरिएको छ ।

प्रदेश सभा सचिव दुलर्भकुमार पुनमगरका अनुसार बैठकको सुरुवातमा सभामुख तुलाराम घर्तीमगरले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम हेरफेर सम्बन्धी जानकारी सभालाई गराउनेछन् ।

त्यसपछि प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना विचार प्रस्तुत गर्नेछन् । जसका लागि १ घण्टा ३० मिनेटको समय छुट्याइएको छ । 

यसैगरी, प्रदेश मामिला तथा कानुन समितिका सभापतिले लुम्बिनी अनुसन्धान सम्बन्धी प्रतिवेदन सहितको विधेयक पेस गर्ने कार्यसूची छ । सो विधेयकले लुम्बिनी प्रदेशमा अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।

त्यसैगरी, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापतिले प्रदेश आर्थिक कार्यविधि सम्बन्धी प्रतिवेदन सहितको विधेयक पनि सभामा पेस गर्ने कार्यसूची छ । उक्त विधेयकले प्रदेशको आर्थिक प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully