रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडी तोडफोड

फाल्गुन २, २०८१

सन्जु पौडेल

Vandalism of Rohini rural municipality president's car

तिलोत्तमा — रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ ।

उनको निवासमा पार्किङ गरिराखेको गाडीमा गएराति अज्ञात व्यक्तिले करिब ११:३० बजे तोडफोड गरेको यादवले बताए ।

उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएपछि गाडीको दायाँ सिटको सिसा फुटेको छ भने अगाडिको सिसा चर्किएको छ । 

यसबारे प्रहरीलाई खबर गरिसकेको र घटनाबारे जानकारी लिने काम भइरहेको उनको भनाइ छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully