रुकुम पूर्व — भूमे गाउँपालिका–४ साकिममा दुई जनाको हत्या गरी फरार रहेको भनिएका व्यक्ति पनि मृत भेटिएका छन् ।
साकिमका अन्दाजी ५१ वर्षका चन्द्रसिंह पुनले सोही ठाउँका ६० वर्षीया ढाटी बुढा र निजका नाति ८ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो ३ बजेको समयमा पुनले घरमै गएर हत्या गरेको पुष्टि भएपछि खोज्दै जाँदा उनीसमेत सोही ठाउँको खुलखुले खोलामा मृत भेटिएको जिल्ला प्रहरी प्रमुख माधवराज खरेलले बताए ।
‘पुनको टाउकोमा धारिलो हतियाले चोट लागेको देखिएको छ । बाँकी हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।
