दाङमा ४९७ ग्राम सुन र नगदसहित एक युवक पक्राउ

माघ २७, २०८१

दुर्गालाल केसी

A young man was arrested with 497 grams of gold and cash in Dang

दाङ — घोराहीमा ४९७ ग्राम ४ मिलिग्राम सुन र नगदसहित एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१४, मिलन चोकका २५ वर्षीय रञ्जित रसाइलीलाई सुन र १ लाख ७ हजार ८ सय रुपैयाँ नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

लु ४६ प ६१६१ नम्बरको मोटरसाइकलमा सवार रसाइलीलाई शुक्रबार घोराही-१५, ट्राफिक चोकबाट पक्राउ गरेको उनले जानकारी दिए ।

रसाइलीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । उनको साथबाट दुईवटा सुनका सिक्री र एउटा सुनको डल्लो बरामद भएको शाहले बताए । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको शाहले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully