दाङ — तुलसीपुरमा भरुवा बन्दुकको गोली लागेर शनिबार एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठूलासम्बा निवासी पुष्कर खत्रीको १० वर्षीय छोरा शिशिर केसीले घर नजिकै खेल्ने क्रममा बन्दुक चलाउँदा पड्केर आफ्नै ९ वर्षीय भाइ भुवन केसीको मृत्यु भएको हो ।
गोली लागेर बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
६२ वर्षीय हजबरबुवा भुविन्द्र खत्रीले घरमा लोड गरिराखेको बन्दुक भेटाएर खेलाउँदा बालकको दायाँ कन्चटमा गोली लागेको उनले बताए ।
एक थान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रासहित गोली प्रहार गर्ने शिशिर र हजुरबुबालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको रानाले बताए ।
