तिलोत्तमा — रुपन्देहीमा कल बाइपासको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८, नोडिहवा बस्ने २७ वर्षीया रोहित अहिर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–३, खजहनास्थित गुलावचन्द गुप्ताको घरकोठा भाडामा लिई विभिन्न उपकरण जडान गरी कलबाइपास सञ्चालन गरेको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरी अहिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रन्जित सिंह राठोरले जानकारी दिए ।
अहिरको साथबाट विभिन्न उपकरण पनि बरामद गरिएको छ । अहिरलाई रुपन्देही जिल्ला अदालतबाट ७ म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
