टिपर दुर्घटनामा चालकको मृत्यु

माघ २४, २०८१

माधव अर्याल

Driver dies in tipper accident

पाल्पा — पाल्पामा बुधवार टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका –२, बस्ने ३१ वर्षीय सुनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माथागढी गाउँपालिका–७, रहबासबाट रुपन्देहीको देवदह खैरेनीतर्फ चुनढुङ्गा लिएर गएको लु २ ख ५९६५ नम्बरको टिपर माथागढी–५, को सुर्काबासस्थित भित्री सडकमा दुर्घटनामा भएको हो ।

दुर्घटना भएको टिपर सडकदेखि २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully