तिलोत्तमा — बुटवलमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान १० बजे बुटवलको नेपालगन्ज रोडमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवल का प्रमुख विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । गम्भीर घाइते भएका व्यक्ति को उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न बाँकी रहेको उनले बताए । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको पण्डितले बताए ।
