पाल्पा — पाल्पाको बगनासकाली गाउँपालिका–२, पोखराथोकमा एक पुरुष मृत फेला परेका छन् । पाल्पाकै रामपुर नगरपालिका–३, चनौली घर भइ बगनासकालीको पोखराथोक बस्दै आएका ५६ वर्षीय रेमबहादुर सुर्यबंशी मृत फेला परेका हुन् ।
सुर्यबंशी बसेको घरदेखि तीनसय मिटर टाढा गोरेटो बाटोदेखि २० मिटर तल्लो भाग खरबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
