भुमहीको एक गोदाममा भीषण आगलागी 

माघ २२, २०८१

नवीन पौडेल

A huge fire broke out in a godown in Bhumhi

परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीमा रहेको एक गोदाममा भीषण आगलागी भएको छ । सोमबार मध्यरातमा लागेको आगो निभाउन रामग्राम, बर्दघाट र रुपन्देहीको सिद्धार्थ नगरपालिकाको तीन वटा दमकल, प्रहरी र स्थानीयको सहायता लिइएको थियो । 

इलाका प्रहरी कार्यालय सुनवलका अनुसार स्थानीय लेखनाथ खरेलको टायर र मोबिल  गोदाममा आगलागी भएको हो । टायर र मोबिल गोदाम भएकाले आगलागी नियन्त्रणमा लिन करिब तीन घण्टा लागेको थियो । आगलागीको कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully