बुटवल — शिक्षा क्षेत्रमा पत्रकारिताका माध्यमबाट योगदान पुर्याएको भन्दै श्री शान्ति नमुना माध्यमिक विद्यालयले कान्तिपुरकर्मी सन्जु पौडेलाई साेमबार पुरस्कृत गरेको छ ।
नगद, दोसल्ला तथा करुवासहित लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले स्व. फत्तबहादुर/देउमती काउचा स्मृति पत्रकारिता पुरस्कारबाट उनलाई पुरस्कृत गरेका हुन् ।
