दाङ — तुलसीपुरमा जुवा खेलेको आरोपमा शनिबार ६ जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–८, नयाँ बस्तीमा जुवा खेलिरहेको अवस्थामा ५३ हजार ९ सय ८० रुपैयाँ नगदसहित ६ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८, नयाँबस्तीका ४४ वर्षीय झूपराज घर्ती, ४९ वर्षीय टीकाराम सार्की, २५ वर्षीय दोर्णप्रसाद जैसी, ३० वर्षीय धनबहादुर थापा, ३० वर्षीय चेतबहादुर सुनार र लक्षीमान घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई थुनामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
