माओवादीलाई धूलोमैलो लागेकै छ, अब पखाल्नैपर्छ : अध्यक्ष दाहाल

माघ १२, २०८१

दुर्गालाल केसी

Maoists are already feeling dusty, now they have to be washed away: Chairman Dahal

दाङ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले अब आफूलाई पखाल्नैपर्ने अवस्था आएको बताएका छन्। प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले माओवादीलाई धूलोमैलो लागेको र त्यो अब पखाल्नैपर्ने बताएका हुन् ।

जनताले धेरै अपेक्षा गरेको र त्यत्रो बलिदानीबाट आएको पार्टीमा हालसम्म केही न केही धूलोमैलो र दाग लागेको उनले स्विकार गरे ।

‘हामीले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकै हो । जनताले हामीबाट धेरै काम हुने सोचेका थिए,’ उनले भने, 'हामी सोचेजस्तो बन्न सकेनौं । धूलोमैलो लाग्यो । अब यो नपखाली जनताको बिश्वास जित्न सकिँदैन ।’

२०८४ को चुनावमा पनि विगतको माओवादीलाई नभई सुध्रिएको माओवादीलाई भोट मागेको उनले बताए । उनले भने, 'अब भोट दिनुहोस् भनेको सुध्रिएको माओवादीलाई हो । विगतको मैलो माओवादीलाई होइन ।’

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully