दाङ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब कोहीसँग मिलेर चुनाव नलड्ने बताएका छन् ।
प्रेस सेन्टर दाङले शनिबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अब इनफ इज इनफ भन्ने अवस्था भइसकेको बताए ।
धेरैसँग सहकार्य गरेर अनुभव गरिसकेको र अब २०८४ सम्म एमालेलगायत कसैसँग पनि सहकार्य गरेर चुनाव लड्ने सम्भावना नरहेको उनले बताए ।
माओवादी आफ्नो खुट्टामा उभिन सक्दैन भन्ने आरोप खेप्नु परेकोले अब आफ्नै बलबुतामा चुनाव लडेर देखाउने उनले बताए ।
यसअघिको उपचुनावमा पनि एक्लै लडेर परीक्षण गरिसकेको र राम्रै नतिजा आएको उनले बताए । यही क्रममा नै अहिले देशव्यापी अभियानमा हिँडिरहेको दाहालले बताए ।
