घोराहीमा माओवादी केन्द्रको जिल्ला स्तरीय प्रशिक्षण

माघ १२, २०८१

दुर्गालाल केसी

District Level Training of Maoist Center at Ghorahi

दाङ — नेकपा माओवादी केन्द्रको जिल्ला स्तरीय प्रशिक्षण तथा तेस्रो घोराही नगर अधिवेशन शनिबार घोराहीमा सम्पन्न भएको छ । प्रशिक्षणलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

प्रशिक्षणलाई सम्बोधन गर्दै उनले माओवादी पार्टीलाई जनताको बीचमा लोकप्रिय बनाउँदै २०८४ को निर्वाचनमा बहुमत ल्याउने गरी परिचालित हुन नेता–कार्यकर्तालाई निर्देशन दिए । २०८४ को निर्वाचनलाई केन्द्रित गरी माओवादी केन्द्रले देशव्यापी प्रशिक्षण तथा खबरदारी सभाहरू आयोजना गर्दै आएको छ । त्यही क्रममा दाहाल दुई दिन दाङमा रहे ।

शुक्रबार तुलसीपुरमा खबरदारी सभालाई सम्बोधन गरे भने शनिबार घोराहीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरे । उनले अबको निर्वाचनमा पार्टीलाई कसरी माथि उठाउने भन्ने सवाललाई मुख्य विषय बनाएर प्रशिक्षण र मन्तव्य दिएका छन् ।

‘हामी अब कसैको वैशाखी चढेर होइन, आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्छ,’ उनले भने, ‘यसका लागि सबै नेता–कार्यकर्ता तयार रहनुहोस् । पार्टीलाई सुदृढ बनाउनुहोस् ।’

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully