गुडिरहेको गाडीमै अचेत भएर मृत्यु

माघ १२, २०८१

गगनशिला खड्का

Death due to unconsciousness in a moving car

गुल्मी — बुटवलबाट बागलुङ जाँदै गरेका एक यात्रुको गुडिरहेको गाडीमै मृत्यु भएको छ । शनिबार बुटवलबाट बागलुङ जाँदै गरेको लु १ ज ३२५१ नम्बरको हाइसमा सवार बागलुङको बडिगाड गाउँपालिका-५ का ३६ वर्षीय बुद्ध परियारको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । 

परियार गाडीमै अचानक बेहोस भएपछि उपचारका लागि सोही गाडीले नै जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । शव सोही प्राथमिक स्वास्थ्य केन्द्रमै रहेको छ । 

गाडी र चालक भने इलाका प्रहरी कार्यालय जोहाङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully