माओवादी केन्द्रका अध्यक्ष दाहाल दाङमा

माघ ११, २०८१

दुर्गालाल केसी

Maoist Center Chairman Dahal Dangma

दाङ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विभिन्न कार्यक्रमलाई सम्बोधन शुक्रबार बिहान दाङ आएका छन् ।

उनले शुक्रबार दिउँसो तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बिहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरेका छन् ।

तुलसीपुरको सभापछि सहिद स्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साँझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ।

दाहाल दाङ पुग्दा उपाध्यक्ष कृष्णबहादुर महरा, प्रदेश इन्चार्ज चक्रपाणि खनाल, स्थायी समिति सदस्य रेखा शर्मा, जिल्ला इन्चार्ज निर्मल आचार्यलगायत नेताहरूले स्वागत गरेका थिए ।

दाहाल शनिबार घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौँ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully