घोराहीमा मिटरब्याजपीडितद्वारा अदालतबाहिर प्रदर्शन

माघ १०, २०८१

दुर्गालाल केसी

Demonstration outside court by meter-busting victim in Ghorahi

दाङ — मिटरब्याजपीडितले घोराहीमा जिल्ला अदालतबाहिर घेराउ र प्रदर्शन गरेका छन् । मिटरब्याजका नाममा गरिबलाई चर्को ब्याजको मारमा पार्ने र उल्टै पीडितलाई जाली तमसुक र खाली चेकबाट मुद्दा चलाएर आतंकित पारेको भन्दै पीडितहरू बिहीबारदेखि आन्दोलित भएका हुन् ।

Demonstration outside court by meter-busting victim in Ghorahi

उनीहरूले नारा जुलुससहित बजार परिक्रमा गरी जिल्ला अदालत घेराउ र ज्ञापनपत्र पेस गरेका थिए। उनीहरूले अदालतअगाडि सडकमै बसेर  प्रदर्शन र घेराउ गरेका हुन् । ऋणीलाई जाली तमसुक र खालीचेकबाट विभिन्न मुद्दा दर्ता गरी दु:ख दिने काम गरेको र अदालतले पनि ऋणीविरूद्ध नै फैसला गरिरहेकाले अदालत घेराउ कार्यक्रम गरेको मिटरब्याजपीडित किसान मजदुर आन्दोलनका जिल्ला अध्यक्ष ध्रुव शेर्पाइलीले बताए ।

Demonstration outside court by meter-busting victim in Ghorahi

ज्ञापनपत्र बुझ्दै जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले  अदालतले न्यायको सिद्धान्तअनुसार काम गरिरहेको र कहींकतै समस्या भए सुधार गर्दै जाने बताए ।

Demonstration outside court by meter-busting victim in Ghorahi
Demonstration outside court by meter-busting victim in Ghorahi
Demonstration outside court by meter-busting victim in Ghorahi

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully