किसानहरूको उत्थानमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य 

माघ ८, २०८१

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानहरूको उत्थानका लागि प्रतिबद्ध रहेको बताएका छन् ।गढवा गाउँपालिकामा मंगलबार आयोजित किसानलाई बाख्रा उपहार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानको जीवनस्तर सुधार्न प्रदेश सरकारले उत्पादन र बजारीकरणमा साझेदारी गरिरहेको बताए ।

ढवा गाउँपालिकाले हेफर इन्टरनेसनलसँगको सहकार्यमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना सञ्चालन गरेको छ । यही परियोजनाअन्तर्गत १०३ किसानले बाख्रा उपहार पाएका छन् ।

प्रदेश सरकारले आगामी वर्ष पालिकासँग साझेदारी गरेर किसानहरूको जीवनस्तर उकास्ने कार्यक्रम अघि बढाउने उनले जानकारी दिए । उत्पादन भएका कृषिजन्य उपजको बजारीकरण गर्न संकलन केन्द्रहरू निर्माणमा जोड दिने उनले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully