दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु

माघ ८, २०८१

दुर्गालाल केसी

One person died after falling from the roof of a house in Dang

दाङ — तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिए । 

तुलसीपुर–४ बनहरीस्थित सुभान पुनको घर बनाउने क्रममा सोमबार बेलुका दुईतला माथीबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully