२ केजी ९६ ग्राम चरेससहित एक जना पक्राउ

माघ ७, २०८१

कमल पन्थी

बर्दिया — बर्दियामा प्रहरीले २ किलो ९६ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ मैनापोखरस्थित एरियामा चरेस लिएर हिँडिरहेका जाजरकोटको जुनिचाँदे गाउँपालिका-५ मइपका १९ वर्षीय कृष्ण थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय, मैनापोखरबाट खटिएका प्रहरीले शंका लागि चेकजाँच गर्दा ४ पोका प्लाष्टिकले बेरिएको उक्त पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका थापालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully