लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

विशेष समय र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल हुने सम्भावत कार्यसूची

माघ ६, २०८१

घनश्याम गौतम

Lumbini State Assembly sitting today

बुटवल — लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने पाँचौ अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी प्राप्त जानकारी सभामुख तुलाराम घर्तीले पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै, बैठकमा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले दिनेछन् । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully