मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

माघ २, २०८१

कमल पन्थी

One died in a motorcycle accident

बर्दिया — बारबर्दिया नगरपालिका-५ बर्दिया गाउँस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको ज्यान गएको छ । पदनाहाबाट जयनगर जाँदै गरेको भे १२ प ५४४५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी ऋषिराम अधिकारीका अनुसार जयनगरस्थित नगर अस्पतालमा उपचार हुन नसकी बाँके कोहलपुर रिफर गरिएको थियो ।

उपचारको क्रममा बारबर्दिया-८ औरीका २२ वर्षीय मोटरसाइकल चालक विनोद थारुको चेकजाँच गर्दा शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएको डीएसपी घर्ती मगरले जनाए । उनको शव परीक्षणका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनायो ।  

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully