बाघको आक्रमणमा महिलाको मृत्यु

पुस २८, २०८१

कमल पन्थी

Woman dies in tiger attack

बर्दिया — बाघको आक्रमणमा परी बकुवामा एक महिलाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत ठाकुरबाबा नगरपालिका–६ बकुवास्थित मध्यवर्ती सामुदायिक वनमा आइतबार पाटे बाघको आक्रमणमा परी ४० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत अशोक रामले बाख्रा चराउन जाँदा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको बताए । ‘बाघको आक्रमणमा ठाकुरबाबा–६ कालीगौढीकी थापाको ज्यान गएको हो,’ उनले भने, ‘बाघको आक्रमणपछि वनमा गएका अन्यले भागेर ज्यान बचाएका छन् ।’

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully