प्यूठानमा जिप दुर्घटना : १० जना घाइते 

पुस २८, २०८१

शमशेरविक्रम जीसी

Jeep accident in Pyuthan: 10 injured

प्यूठान — प्यूठानमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । भालुबाङ-प्यूठान सडकखण्डस्थित प्यूठानको माण्डवी गाउँपालिका-३ अरुणखोलानजिकै जिप अनियन्त्रित भई दुर्घटना भएको हो । 

रोल्पाबाट भालुबाङतर्फ जाँदै गरेको भे १ ज ७३४ नम्बरको जिप अनियन्त्रित भई सडकको दायाँ भागको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा सवार चालकसहित १० जना घाइते भएको र उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।  

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully