रूपन्देहीका ५९ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

पुस २७, २०८१

सन्जु पौडेल

59,000 girls of Rupandehi will be vaccinated against HPV

तिलोत्तमा — पाठेघरको मुखको क्यान्सर रोकथामका लागि रूपन्देहीका ५९ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने भएको छ ।

आगामी माघ २२ देखि पहिलो चरण र फागुन १ गतेदेखि दोस्रो चरण सञ्चालन हुनेछ । यो अभियान ५ देखि ७ दिनसम्म चल्नेछ ।

खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई उक्त खोप लगाइदिने स्वास्थ्य कार्यालय रूपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताए ।विद्यालयबाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको उनले बताए ।

खोप कार्यक्रम सञ्चालनका लागि पुस २५ देखि माघ ९ गतेसम्म जिल्लाले पालिकाका स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन कार्य गरिरहेको छ । त्यसपछि शिक्षक, पालिकाका स्रोत व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीलाई समेत  तालिम दिइने ज्ञवालीले बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully