अत्यधिक चिसो बढेपछि तिलोत्तमाका विद्यालय २९ गतेसम्म बिदा

पुस २४, २०८१

सन्जु पौडेल

Schools in Tilottama closed till 29th due to extreme cold

तिलोत्तमा — रूपन्देहीमा चिसो बढ्दै गएपछि तिलोत्तमा नगरपालिकाले विद्यालय बिदा दिएको छ ।पालिकाले बुधबार सूचना जारी गर्दै अत्यधिक चिसो बढेकाले पालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयलाई पुस २५ देखि २९ गतेसम्म बिदा दिन निर्देश गरेको हो ।

सूचना अनुसार उक्त बिदा वार्षिक बिदाबाट कटौती हुने गरी तय गर्ने उल्लेख छ ।

सूचना जारी गर्दै शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले यो चिसोबाट विद्यार्थीको स्वास्थ्यमा असर पर्ने देखिएकाले केही दिनलाई विद्यालय बिदा दिने निर्णय गरिएको बताए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully