हुस्सु र शितलहरले चिप्लो भएपछि दाउन्नेमा सडक अवरुद्ध

पुस २४, २०८१

नवीन पौडेल

The road was blocked in Downe due to landslides caused by Hussu and Shitlahar

परासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा अत्याधिक हुस्सु र शितलहरका कारण सडक अवरुद्ध भएको छ।

नारायणगढ-बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्डमा उकालो र ओरालोमा शितलहरले बाटो चिप्लो भएको र बाक्लो हुस्सुले अगाडिको सवारी नदेखिने अवस्था छ ।

बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्गमा हुस्सु तथा शितलहरको कारण बाटो चिप्लो भएर आज बिहान ४ बजेसम्म दुईतर्फी सडक अवरुद्द भएको र अहिले एकतर्फी यातायात संचालमा आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।  

प्रहरीले ठूला र मालवाहाक सवारीलाइ पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकेको छ  ।यसअघि पनि वर्षामा सडक हिलो हुँदा उकालोमा सवारी चिप्लिएर सडक अवरुद्द हुने गरेको थियो । सडक विस्तारको क्रममा  दाउन्नेमा सडक एकतर्फी भएर घन्टौँ जाममा बस्नुपर्ने बाध्यतामा रहेका यात्रुलाई थप सास्ती भएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारी जाममा परेका छ्न । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully