दाङ — तुलसीपुरमा बसको ठक्करबाट बुधबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-५ की ३९ वर्षीया तिर्सना घर्ती मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुर बजारबाट बसपार्कभित्र जाँदै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिँदा घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । बसपार्क तल्लो पिपलबोटनजिकै बाटो काट्दै गरेको अवस्थामा बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक ४१ वर्षीय खिमराज वलीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
