बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, १ जना घाइते

पुस २३, २०८१

कमल पन्थी

1 killed, 1 injured in motorcycle accident in Bardia

बर्दिया — नेपालगन्जबाट राजापुरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

मंगलबार दिउँसो मधुवन नगरपालिका–२ हुलाकी राजमार्गस्थित गमक्का मोडमा से १३ प ४३०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना बर्दिया राजापुर नगरपालिका–६ महादेवबलीका २४ वर्षीय टोपेन्द्र बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताए । उनका अनुसार मोटरसाइकलको पछाडि सवार सख्त घाइते बुढाको उपचारको क्रममा बर्दिया अस्पताल गुलरियामा मृत्यु भएको हो ।  

यसैगरी दुर्घटनामा बाँके राप्ती सोनारी गाउँपालिका–१ का मोटरसाइकल चालक २४ वर्षीय छत्रबहादुर विष्ट गम्भीर घाइते भएको प्रहरी उपरीक्षक खनालले जनाए । उनको जिल्ला अस्पताल बर्दियामा उपचार असम्भव भएपछि बाँके रिफर गरिएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully