पाल्पा — प्रेस सेन्टर नेपाल पाल्पा शाखाको अध्यक्षमा कृष्ण दर्नाल निर्वाचित भएका छन् । तानसेनमा सम्पन्न छैटौं अधिवेशनले उपाध्यक्षमा डोलराज विक र महिला उपाध्यक्षमा संगीता आचार्य, सचिवमा कमल अधिकारी, सहसचिवमा सुजन भुसाल र रीतु कामु, कोषाध्यक्षमा गंगा सुयाल मगर निर्वाचित भए ।
कार्यसमितिको सदस्यमा विष्णु कोइराला, शिव पोखरेल, ऋषिराम अर्याल, भोजबहादुर चिदी, माधवराज पन्त, प्रेमा राना, सुनिता खाम्चा, रोहिन सेन्चुरी, सुमना नेपाली र रेजिना सोमै निर्वाचित भएका छन् । अधिवेशन समारोहमा बोल्दै माओवादी जिल्ला इन्चार्ज नेत्रप्रसाद पाण्डेयले मुलुकमा मौलाएको भ्रष्टाचार र बेथितिका विरुद्धमा सशक्त भएर कलम चलाउन आग्रह गरे ।
प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्माले पत्रकार महासंघको निर्वाचनमा दुई ठूला संगठन मिल्दा पनि सेन्टरले १६ जिल्ला, बागमती प्रदेश र केन्द्रीय पदाधिकारीमा निर्वाचित हुनुले सेन्टरको महत्त्व रहेको बताए । सेन्टरका पाल्पा इन्चार्ज जीवलाल सुवेदी, अनेमसंघ क्रान्तिकारीका पाल्पा अध्यक्ष रितु श्रेष्ठलगायतले समुदायको आवाजलाई बाहिर ल्याउनुपर्ने बताए ।
